साँझको ८ बज्नै लागेको थियो।
उनी खाना बोकेर सामाखुसी चोकको एउटा होटलमा गइन्। ग्राहकलाई फोन गरेर आफू लोकेसनमा आइपुगेको जानकारी गराइन्।
ग्राहकले ८-१० मिनेट पर्खिनू भने।
उनी पर्खेर बसिन्।
करिब १५ मिनेटपछि २०-२१ वर्षीय युवक होटलको गेटबाट बाहिर निस्किए। सामान अर्डर गर्ने व्यक्ति आफू नै भएको जानकारी गराए।
उनले अनलाइनमा चेक गरिन्। तिनै व्यक्ति थिए।
युवकले साढे ५ हजार रूपैयाँको खानेकुरा मगाएका थिए। पैसा तिर्न बाँकी थियो। त्यसैले उनले खानेकुराको प्याकेट निकालेर आफ्नो स्कुटीमाथि राखिन्। पैसा भुक्तानीका लागि आफ्नो मोबाइल युवकतिर तेर्स्याइन्।
युवकको मोबाइलबाट भुक्तानी भएन। उनले दुई-तीनपटक प्रयास गरेजस्तो गरे। तीनपटकसम्म पनि भुक्तानी नभएपछि उनले होटलभित्र गएर साथीहरूसँग पैसा मागेर ल्याउँछु भने। र, खानेकुराको प्याकेट बोकेर होटलभित्र छिरे।
उनी गेट अगाडि पर्खिरहिन्।
पन्ध्र मिनेटसम्म पनि ती युवक फर्किएनन्। उनले हतारहतार फोन गरिन्। फोन अफ थियो।
उनी आत्तिइन्।
हस्याङफस्याङ गर्दै होटलभित्र छिरिन्। रिसेप्सनमा युवकको नाम देखाउँदै उनलाई बोलाइदिन आग्रह गरिन्।
रिसेप्सनमा बसेकी युवतीले नाम खोजिन्, तर कतै भेटिनन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)