सामान्यतया काठमाडौंमा केटाहरू मात्र बस्ने भनेपछि धेरै जना घरधनी कोठा दिन गाह्रो मान्छन्। भर्खर गाउँबाट आएको र जागिर नभएकाहरूलाई पनि कोठा दिन हच्किन्छन्।
धर्म र जातको कुरा पनि डेरा खोज्दा उठ्ने गर्छ। कसैले निश्चित धर्म, जाति र कामबारे आफ्नो धारणा प्रस्ट राख्छन्। कोही आसय मात्र दर्शाउँछन्। कोही भने पहिला जात र धर्म नहेरे पनि पछि विभिन्न बहाना बनाएर निकाल्ने खालका हुन्छन्।
कतिपय साकाहारी घरधनीले माछामासु खाने व्यक्तिलाई कोठा दिन चाहँदैनन्। कतिको रूचि बिहेबारी गरेको र बालबच्चा भएको परिवारलाई मात्र कोठा दिऊँ भन्ने हुन्छ।
अविवाहित केटीहरू समूहमा बस्छन् भने प्राय: घरधनी कोठा दिन तयार हुन्छन्। एक्लै बस्ने अविवाहित केटीलाई भने कोठा दिन आनाकानी गर्छन्।
एक दशकदेखि व्यावसायिक रूपमा कोठा खोज्ने काम गर्दै आएका केशव बञ्जाडेले यस्ता थुप्रै रोचक अनुभव हामीसँग बाँडेका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)