केशरबहादुर सिंह कालीकोटको महावै गाउँपालिका-३ मा प्रशासन सहायक थिए। सदाझैं पुस २१ गते पनि उनी समयमै कार्यालय पुग्न तयार हुँदै थिए।
ठिकठाक भएर कार्यालय निस्कनै लागेका थिए, एक्कासि धर्मरिएर भुइँमा ढले। के भएको पत्तो नपाउँदै उनको प्राणपखेरू उड्यो।
उनी ३७ वर्षका मात्र थिए। शरीरमा अरू रोग थिएन। उनको मृत्यु हृदयाघातका कारण भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह बताउँछन्।
पत्रकार श्यामसुन्दर पुडासैनीको पनि पुस १९ गते राति त्यसरी नै निधन भयो। घरमै अकस्मात् ढलेका उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्यो। उनी ३३ वर्षका थिए।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको पुस १३ गते ७१ वर्ष उमेरमा हृदयाघातकै कारण निधन भयो।
क्षणभरमै ज्यान जान सक्ने हृदयाघात आखिर किन हुन्छ? यसले कसरी मानिसलाई मृत्युको मुखमा पुर्याउँछ? यसबारे हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग कुरा गरेका छौं।
उनी जाडोको समय हृदयाघातको खतरा दुई गुणा बढ्ने बताउँछन्।
यसो हुनुका मुख्य ७ कारण छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)