भेटघाटको ठाउँ निधो भयो — विराटनगरको जलजला सिनेमा हल।
अमुदा र भोजराजलाई अहिलेसम्म राम्ररी याद छ, त्यो दिन जलजला हलमा अमिताभ बच्चन र रेखाको 'मुकद्दरका सिकन्दर' प्रदर्शन भइरहेको थियो।
'हामी भेटेर कुराकानी गर्न भनेर सिनेमा हेर्न त गयौं, तर भेट भएपछि चाहिँ के बोल्ने, कसरी बोल्ने अलमल भयो,' अमुदाले सम्झिइन्।
अँध्यारो हलमा केही समय दुवै चुपचाप रहे। पर्दामा अमिताभ र रेखा मात्र बोल्दै थिए।
केही समयपछि भोजराजले हिम्मत गरेर सोधे, 'म त पहाडको मान्छे, तिमी मधेसमा हुर्कियौ। मसँग एड्जस्ट हुन सक्छौ?'
अमुदा केही बोलिनन्। उनले जबाफ दिनै सकिनन्।
सायद हलको अँध्यारोमा लाजले उनको गाला रातो भएको कसैले देखेनन् कि!
'फ्लिम चलुञ्जेल हामीबीच कुराकानी भएको त्यत्ति हो,' अमुदाले भनिन्।
'फ्लिम सकिनेबित्तिकै उनी रिक्सा चढेर फर्किहालिन्, मैले थप कुरा गर्ने मौकै पाइनँ,' भोजराजले थपे।
त्यसपछि पनि उनीहरूबीच खासै कुराकानी भएन। अमुदाको पारिवारिक सम्पन्नता र आफ्नो आर्थिक स्थितिबीच मेल हुन सक्दैन भन्ने सोच भोजराजको मनमा पहाड बनेर उभिएको थियो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)