दुई दशकअघिसम्म झ्यालबाट बाहिर हेरेर, आकाश अवलोकन गरेर मौसम पूर्वानुमान गर्नुपर्थ्यो।
झमझमी पानी पर्छ भनेका ठाउँमा झलमल्ल घाम लागेर पूर्वानुमान विफल भइरहेको हुन्थ्यो। भीषण आँधी चल्छ भनेका ठाउँमा रूखका पात हल्लिएको पनि आवाज आउँदैनथ्यो।
तर पछिल्लो समय मौसम पूर्वानुमानमा त्रुटि घट्दै गएका छन्। मौसमसम्बन्धी भविष्यवाणी फेल खाँदैन भन्ने विश्वास सर्वसाधारणमा बाक्लो हुँदै छ।
पूर्वानुमान महाशाखामा अहिले १३ जनाको दरबन्दी छ। तर १० जना मात्र कार्यरत छन्। यी १० जनाले आलोपालो गरेर तीन सिफ्टमा मौसमसम्बन्धी जानकारी दिइरहेका हुन्छन्। एक सिफ्टमा बढीमा चार जना र रात्रिकालीन सिफ्टमा एक जना मात्रै हुन्छन्।
पूर्वानुमानमा संलग्न १० जनाको टोलीमा चार जना महिला छन्। कुनै बेला महिला भेट्नै दुरूह हुने मौसम पूर्वानुमान महाशाखामा अहिले उपसचिव तहमै दुई जना महिला छन् – शान्ति कँडेल र प्रतिभा मानन्धर। उनीहरूलाई वरिष्ठ मौसमविद् भनिन्छ। त्यस्तै, विनु महर्जन र गंगा नगरकोटी मौसमविद्का रूपमा कार्यरत छन्।
यो स्टोरी वरिष्ठ मौसमविद्हरू शान्ति र प्रतिभाको हो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)