उनले दोस्रो घन्टीमै फोन उठाइन् र मसिनो स्वरमा भनिन्, 'हेलो!'
'शिबाकुमारी शाही बोल्नुभएको हो?' मैले सोधेँ।
'हो, बोल्दैछु!'
'तपाईं बखतबहादुर मल्लको को पर्नुहुन्छ दिदी?'
'मेरो बूढा हो,' उनले भनिन्, 'हजुर को बोल्नुभएको?'
मैले आफ्नो परिचय दिएँ।
म पत्रकार हुँ भन्ने थाहा पाउनेबित्तिकै शिबाकुमारीले अत्तालिँदै सोधिन्, 'हजुरले मेरो बूढाको केही खबर पाउनुभएको हो र?'
उनको यो प्रश्नले नै एकछिन त मेरो मुटु चिसो भयो। के भन्ने, के भन्ने भएर चुप्प लागेँ।
कुनै जबाफ नसुनेपछि उनले हडबडाउँदै फेरि सोधिन्, 'हजुरले केही खबर पाउनुभयो मेरो बूढाको?'
यसपालि उनको सोधाइमा अत्यास र छट्पटीको मात्रा कयौं गुणा बढी सुनियो।
मैले उनलाई सम्झाउँदै भनेँ, 'दिदी मैले उहाँको खबर त पाएको छैन, तपाईंको खबर चाहिँ के छ भनेर सोध्न फोन गरेकी।'
'खै के हुनू,' उनले दिक्क मान्दै भनिन्, 'फोन आएपिच्छे बूढाको खबर आयो कि भनेर हड्बडाउँदै उठाउँछु। उहाँको बारेमा सोध्नेहरू त टन्नै आउँछन्, तर उहाँको बारेमा सुनाउनेहरू कोही आएनन्।'
'कति दिन भयो दिदी सम्पर्क नभएको?'
'आज ठ्याक्कै ६४ दिन भयो,' उनले भनिन्।
'अन्तिमचोटि सम्पर्क हुँदा के भन्नुभएको थियो?'
उनी फेरि केही बोलिनन्।
निराशाको लामो श्वास फेरि सुनियो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)