विंस्टनपछि निर्देशक टोबेकमाथि ३८ महिलाले लगाए यौन शोषणको आरोप


हलिउड फिल्मका निर्देशक जेम्स टोबेकमाथि ३८ जना महिलाले यौन शोषणको आरोप लगाएका छन्। यी सबै युवततीहरुले एक पत्रिकामा आफ्नो कथा सुनाएका छन्। लस एन्जलस टाइम्सको अनुसार ७२ वर्षीय निर्देशकमाथि उनले नै काम लगाएका महिलाले यौन शोषणको आरोप लगाएका हुन्। यी महिलामध्ये सडकमा टोबेकले देखेका महिला पनि सामेल छन्।

कयौं महिलाले टोबेकले उनीहरुलाई सडकमा देखेको र स्टारडमको आश्वासन दिएर सम्पर्क गरेको दावी गरेका छन्। खबरका अनुसार ती महिलाहरुसँग टोबेकले प्रशिद्द हस्तिहरुसँग आफ्नो यौन सम्बन्धको बारेमा खुलेर कुरा गर्थे। र उनी ती महिलसँग अपमानजनक र व्यक्तिगत प्रश्न सोध्ने गर्थे। त्यसपछि उनी ती महिलाहरुसँग अनुचित व्यवहार गर्न थाल्थे।

ती महिलाहरुले टोबेकको त्यस्तो व्यवहार र भाषाले निकै असहज बनाएको पनि बताएका छन्।

लस एन्जलस टाइम्सले जुन ३८ महिलाको अन्तर्वार्ता लिएका थिए तीनीहरु कसैले पनि प्रहरीसँग सम्पर्क गरेका थिएनन्। टोबेकले यी सबै आरोपको खण्डन गर्दै खबरमा जति पनि महिलाको कुरा गरिएको छ उनीहरु कसैलाई पनि नभेटेको दावी गरेका छन्।

टोबेकलाई वारेन बीएट्टी को मुख्य भूमिकाको ‘बगसी’को लागि सन् १९९१ मा उत्कृट ओरजिनल स्क्रीनप्लेको श्रेणीमा एकाडेमी अवार्डको लागि नोमिनेट गरिएको थियो।

उनले दर्जनाैं फिल्म निर्देशन गरिसकेका छन्। सन् १९७४ देखि उनी निर्देशन र लेखनमा सक्रिय छन्।

खबरमा उनको जस्तो प्रकारको आचरणको चित्रण गरिएको छ शारीरिक रुपमा उनको लागि त्यो असम्भव छ भएको टोबेकले दावी गरेका छटन्।
उनले आफुलाई मधुमेह छ र मुटुको रोग भएको दावी गर्दै आफुले औषधीको प्रयोग गर्दै आएको दवी गरेका छन्।

विगत २२ बर्ष देखि उनी त्यस्ता शारीरिक काम गर्न नसकेको उनको भनाइ छ।

हालै हलिउडमा निर्देशक हार्वी विंस्टनलाई लिएर सार्वजनिक भएको खुलास पछि हलिउडमा यौन शोषणको आरोपको यो दोस्रो ठूलो मुद्दा हो।

यस विषयमा हलिउड अहिले निकै सचेत भएको छ। कतिपय सेलिब्रेटीले यौन शोषण जस्तो दुर्व्यवहार विरुद्दमा क्याम्पियन नै सुरु गरेका छन्। ह्यास ट्याग सहित me too भन्ने अभियानले त हलिउड देखि बलिउड सम्म प्रभाव पारेको छ।

विश्वकै ठूलो फिल्मी उद्योग हलिउडमा नै यस्तो दुर्व्यवहारको घटनाले हलिउडमा तरंग ल्याइदिएको छ भने सुरक्षा, महिला स्वतन्त्रता, समानाता र सम्मान जस्ता कुरामा प्रश्न उठ्न सुरु भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.