यौन शोषणको आरोपपछि अोस्कार बोर्डको सदस्यबाट निर्माता हार्वी विंस्टन बर्खास्त


एकेडेमी अफ मोशन पिक्चर आर्टस एंड साइन्सेजले ऐतिहासिक कदम उठाउँदै हलिउडका चर्चित निर्माता हार्वी विंस्टनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको छ।

विश्वको शिर्ष संगठनको आपतकालिन बैठकले हार्वी विंस्टनलाई बोर्डको सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको हो। बैठकमा उनलाई निष्काशन गर्न दुई तिहाईभन्दा बढी मत प्राप्त भएको एकेडेमीले जनाएको छ।

उनको निलम्बन तत्काल प्रभावदेखि नै लागु हुने बैठकले जनाएको छ।

विंस्टीन विरुद्द बलात्कार र यौन उत्पीडनसँग जोडिएका ‘द न्युयोर्क टाइम्स’ र ‘द न्यूयार्कर’ मा आएको खबर पछि उनी विरुद्द यस्तो निर्णय भएको हो।

निर्णय जारी गर्दै एकेडेमीेले भन्यो,‘आफ्नो सहकर्मीलाई सम्मान गर्ने योग्यता नभएको यस्तो व्यक्तिलाई हामी हाम्रो साथबाट टाढा राख्न मात्र चाहेका हैनौं। हामी हाम्रो उद्योगमा जानीजानी नदेखेको जस्तै गर्ने र यौन हिंसा जस्तो शर्मनाक व्यवहार तथा कार्यस्थलमा हुने उत्पीडनको युगको अन्त्य भएको सन्देश पनि दिन चाहन्छौं।’

एकेडेमीको सार्वजनिक बयानमा यो निकै दुख दिने समस्या भएको र यस्तो प्रकारको समस्याको स्थान आफ्नो समाजमा नभएको बताइएको छ।

तर निर्माता विंस्टीनले आफुमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्।

करीब ३० जना महिलाले आफुमाथी वेंस्टीनले यौन शोषण गरेको आरोप लगाएका छन् भने ती मध्ये ३ जनाले बलात्कारको आरोप लगाएका छन्।

वेंस्टीनका प्रवक्ताले विंस्टीनले आफुमाथिको आरोपको खण्डन गर्दै यौन उत्पीडन लगाउनेमाथि असहमतिमा सम्बन्ध नभएको बरु त्यो सबै सहमतिमा भएको बताएको जनाएका छन्।

एकेडेमी अफ मोशन पिक्चर आर्टस एंड साइन्सेजले अोस्कार अवार्डको आयोजना गर्ने गर्छ। विंस्टीनले निर्मातातर्फ अोस्कार अवार्ड पनि पाइसकेका छन्। उनी एकेडेमीमा महत्वपूर्ण भूमिका निभाउँथे।

वेंस्टिनका करीब ३०० फिल्महरु ओस्कर नोमिनेशनमा परेका थिए। ती मध्ये उनले ८० वटा अोस्कार अवार्ड पाएका छन्।

अमेरिका र ब्रिटेनका प्रहरीले फिल्म निर्माता हार्वे वेंटीन विरुद्द लागेको यौन उत्पीडनको आरोपमाथि जाँच सुरु गरेको छ।

बीबीसीले बिहिबार बताए अनुसार सन् २००४ देखि उनीमाथि लागेको आरोपको जाँच सुरु भएको हो। प्रहरीले उनीमाथि अन्य कुनै उजुरी परे नपरेको पनि जाँच सुरु गरेको छ।

वेंस्टीनले कुनै पनि असहमतिपूर्ण सम्बन्ध बनाएको कुरामा भने अस्वीकार गरेका छन्। न्यूयोर्क प्रहरी विभागले सन् २००४ देखि  उनीमाथि लागको आरोपका बारेमा कुनै पीडितको बयानको पर्खाइमा बसेको बताएका छन्।

सहायक कमिश्नर जे पीटरले भनेका छन्,‘प्रकाशित खबरको सन्दर्भमा प्राप्त जानकारीको आधारमा न्यूयोर्क प्रहरीको विभाग यस कुराको प्रमाण जुटाउन हार्वे विरुद्द अन्य मुद्दा छ की छैन भनेर समीक्षा गर्दैछ।’

तर उनीहरुले खोज गर्दा उनी विरुद्द कुनै उजुरी नपाएको पनि बताएका थिए। ।

वेंस्टीनमाथि लागको आरोपको सूचीमा ब्रिटिसकी अभिनेत्री केट बेकिस्ले पनि सामेल भएकी छन्। उनले पनि आफु १७ वर्षको उमेरमा विंस्टीनसँग आफ्नो सामना भएको बताएकी छन्। ब्रिटिस अभिनेत्री तथा मोडल कारा डेलविंग्रे, एमा थाम्पसन, जेन फोंडा ले विंस्टनमाथि दुर्व्यवहारको आरोप लगाएका थिए।

यसैगरि हलिउडकी चर्चित अभिनेत्री एन्जोलिना जोलीले पनि हार्वेले आफुमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिएन्। उनले यो आफु फिल्म उद्योगमा आएको सुरुवाती दिनमा भएको बताएकी थिइन्।

यस विषयमा अमेरिकाका भूतपुर्व राष्ट्रपति बाराक अोवामा र उनकी श्रीमती मिसेल अोवामाले महिलाको समर्थन गरेका थिए।

अब उनीमाथि प्रहरीले अनुसन्धान गरेपछि प्राप्त निष्कर्षको आधारमा प्रक्रिया अगाडी बढ्नेछ।

यस यौन हिंसाको घटनाले अहिले हलिउडमा तरंग आएको छ। अोस्कार बोर्डको यो निर्णयकाे भने धेरैले स्वागत गरेका छन्।

यो पनि पढ्नुस्।

गायक हनी सिंह १८ महिनासम्म किन थिए गायव?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.