ट्रम्पको कारण अमेरिका नछाड्ने गायिका माइली साइरसको घोषणा

ट्रम्पको कारण अमेरिका नछाड्ने गायिका माइली साइरसको घोषणा


हलिउड गायिका माइली साइरसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारण अमेरिका नछाड्ने बताएकी छन्। उनले मन्च पाउने समयसम्म ट्रम्पको आलोचना गर्ने बताइन्।

राष्ट्रपति निर्वाचनको समयमा माइलीले ट्रम्पले कार्यभार सम्हालेको समय अमेरिका छाड्ने घोषणा गरेकी थिइन्।
तर अब उनले मन बद्लिँदै अमेरिका नछाड्ने बरु ट्रम्प विरुद्द आवाज उठाइरहने बताइन्।

फिमेलफस्र्ट डट को डट यूके ले दिएको खबर अनुसार उनले अव अमेरिकामै बसेर आवाज उठाउने बताएकी हुन्।
एनएमई पत्रिका मा उनले भनेकी छन्,‘म देश छाड्न लागेकी छैन। मैले देश छाड्नु बेवकुफी हुन्छ। मैले देश छाडें भने धेरै प्रकारका कुरा गर्न सुरु हुन्छ।’

२४ वर्षीय प्रख्यात गायिकाले उनको टिप्पणीपछि उनलाई धेरै प्रतिक्रिया आएको बताएकी छन्।

उनले आफुलाई इन्स्टाग्राममा मानिसहरुले देश कहिले छाड्ने, देश छाडेर गए पनि राम्रो नहुने जस्तो प्रचितक्रिया दिएको बताएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.