५१ वर्षीय यी अभिनेत्रीको ३५ वर्षीय ‘ब्वायफ्रेण्ड’


हलिउडकी टप अभिनेत्री र बोन्ड गर्ल भइसकेकी हेली बेरी निकै खुला जीवन बिताइरहेकी छन्। बिहिबार उनको फिल्म ‘द किंग्सम्यानः द गोल्डन सर्कल’ रिलिज भएको छ।

तर उनी अहिले आफ्नो फिल्मको भन्दा पनि प्रेम सम्बन्धको कारण चर्चामा छिन्। ५१ वर्षीय हेली बेरीले आफ्नो नयाँ प्रेमी भेट्टाएकी छन्। हिजोआज उनी ३५ वर्षीय संगीत निर्देशक अलेक्जजेंडर ग्रान्ट अर्थात एलेक्स डा किडलाई डेट गरिरहेकी छन्।

यी दुईलाई दुई दिन अगाडी एक साथ देखिएका थिए। उनीहरु घुम्न गएको केही समयपछि हेलीले आफुहरुको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। उनले तस्वीरसँग क्याप्सनमा लेखेकी थिइन्,‘माय ब्यालेन्स(मेरो सन्तुलन)।

सन् २०१५ मा फ्रेन्च अभिनेता आलिवियर मार्टिनिजबाट छुट्टिपछि हेली पहिलोपटक सम्बन्धमा छिन्। सन् २०१६ मा उनको मार्टिनिजसँग डिर्भोस भएको थियो। हेलीको मार्टिनिजसँग तीन वर्षको छोरा छन् भने पुर्व व्वायफ्रेन्ड गैब्रियल आब्रेबाट ९ वर्षको छोरी छिन्।

BEVERLY HILLS, CA – MARCH 02: Actress Halle Berry attends the Fame And Philanthropy post-Oscar party at The Vineyard on March 2, 2014 in Beverly Hills, California. (Photo by Paul Archuleta/FilmMagic)

सन् २००१ मा हेलीले ‘मान्स्टर्स वाल’ फिल्मको लागि उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड जितेकी थिइन्। उनले ‘एक्स म्यान’ सिरिजको फिल्ममा पनि आफ्नो अभिनयले सबैलाई खिचेकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.