अोस्कार अवार्ड विजेता निकोलले जितिन् एमी अवार्ड


ओस्कर अवार्ड विजेता अभिनेत्री निकोल किडम्यान ले टीभी शो ‘बिग लिटिल लाईज’को लागि आफ्नो पहिलो एमी अवार्ड जितेकी छन्। लिमिटेड सीरीजमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने किडम्यानले घरेलु हिंसा र मारपीटलाई जटिल रोग बताएकी छिन्।

शो मा किडम्यानले सेलेस्टे नामको यस्ती श्रीतमी र आमाको भूमिका निभाएकी थिइन् जो आफ्नो श्रीमानबाट घरेलु हिंसाको सिकार हुन्छिन्।

शो मा अभिनेत्रीको श्रीमानको भूमिका निभाउने अभिनेता एलेक्जेंडर स्कार्सगार्डले पनि एमी अवार्ड जितेका छन्।

आफ्नो करिअरमा सहयोग पुर्याएकोमा श्रीमान् कीथ र अर्बन र दुई छोरीप्रति उनले आभार व्यक्त गरेकी छन्। उनले आफ्नो जीत अर्कोको लागि प्रेरणा बनेको पनि बताइन्।

उनले भनिन्, ‘कहिलेकाहीँ अभिनय गर्दा पनि समाजमा ठुलो सन्देश दिने मौका मिल्छ। हामीले घरेलु हिंसामाथि प्रकाश छर्यौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.