ब्राडसँग छुट्टिएर खुसी छैनः एन्जोलिना जोली


हलिउड अभिनेता ब्राड पिटसँग छुट्टिएपछि एक्लै भएकी एन्जोलिना जोलीले एक्लोपनबाट खुसी नभएको बताएकी छन्। रिर्पोटका अनुसार उनले यो कुरा ‘द टेलिग्राफ’सँगको अन्तर्वार्तामा भनेकी हुन्।

उनले यो निकै कठिन समय भएको बताइन्। उनले भनिन्,‘ म एक्लोपनबाट खुसी छैन, मैले यो चाहेकी थिइन। अहिले सबै गलत भइरहेको छ।’

अन्तर्राष्ट्रिय पत्रिका ‘सिड्नी मर्निङ हेराल्ड’लाई दिएको अन्तर्वार्तामा उनले पछिल्ला वर्षहरु आफ्नो बच्चा हेर्नमै विताएको बताइन्।

जोलीले पछिल्लो वर्ष सेप्टेम्बरमा डिर्भोसको केश फाइल गरेकी थिइन्। पिट र जोली सन् २००४ देखि साथमा थिए र दुई वर्षअगाडी मात्र विवाह गरेका थिए। उनीहरुको ६ वटा बच्चा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.