गायिका लेडी गागा अस्पताल भर्ना


हलिउडकी प्रशिद्द गायिका लेडी गागा अस्पताल भर्ना भएकी छन्। उनले ट्वीटरमार्फत यस कुराको जानकारी दिएकी छन्।

गागाले आफु अस्पतालमा चिकित्कसकको निगरानीमा भएको जानकारी दिँदै आफु निकै अस्वस्थ्य भएको बताइन्।

स्वास्थ्य अवस्था खराब भएपछि अस्पतालमा भर्ना भएकी गागाले ब्राजिलको राक इन रियो म्यूजिक फेस्टिभलमा प्रस्तुती दिन असर्मथ भएकी छन्।

उनले आफु फेस्टिभलमा आउन नसक्नेभएपछि ब्राजेलियनहरुसँग आफ्नो स्वास्थ्य अवस्थाको कारण बताउँदै आउन नसकेको स्पस्ट पारेकी छन्। गागाले ब्राजिल अर्कोपटक आउने बाचा पनि गरिन्। तर अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिने उनले बताइन्।

गागाले यसैमहिना स्वास्थ्य अवस्था खराब भएपछि एक सांगीतीक कार्यक्रम पनि रद्द गरीसकेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.