लुपस रोगको सिकार हलिउड गायिका सेलेना गोमेजको मृगौला प्रत्यारोपण


हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेजको मृगौला प्रत्यारोपण भएको खबर सार्वजनिक भएको छ। टीभी कलाकार फ्रान्सिया रइसाले लुपस रोगको सिकार सेलेनालाई मृगौला दिएको गोमेजले इन्स्टाग्राम मार्फत विहिबार सार्वजनिक गरेकी हुन्।

२५ वर्षीय गायिकाले आफ्नो स्वास्थ्यको लागि यो प्रत्यारोपण आवश्यक भएको लेखेकी छन्। तर उनले मृगौला प्रत्यारोपण कहिले र कहाँ भएको भनी उल्लेख गरेकी छैनन्। तर उनले आफुलाई मृगौला दान गर्ने ती साथीमाथि निकै आभारी भएको बताइन्। आफु निकै भाग्यमानी भएको उनले थपेकी छन्।

गोमेजले सार्वजनिक गरेको तस्वीरमा अस्पतालको खाटमा दुवै गोमेज र रसिया सुतेका र एक अर्काको हात समातेका छन्।

गोमेज मृगौलाको कारण लुपस रोगको सिकार भएकी थिइन्। उनले सन् २०१५ मा कामबाट पनि छुट्टी लिएकी थिइन्। उनले यो रोगबाट छट्पटि, दुखाई र डिप्रेशनको सामना गर्नुपरेको थियो।

लुपस रोग लागेपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने बाध्यता हुने चिकित्सकहरु बताउँछन्। लुपस रोग के कारणले लाग्छ भनी एकिन सँग भन्न नसकिने चिकित्सकहरु बताउँछन्।

लुपस रोग लागेपछि शरिरको तौल बढ्ने, पिसावको संक्रमण, उच्च रक्तचाप र आँखा र खुट्टामा सुन्निने हुन्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.