यस्तो देखियो प्रियंका र जेम्स बोन्डको ‘कनेक्सन’!

यस्तो देखियो प्रियंका र जेम्स बोन्डको ‘कनेक्सन’!


अभिनेत्री प्रियंका चोपडा टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवमा सहभागी हुन टोरन्टो पुगेकी छन्। उनी आफ्नो आमासँग टोरन्टोको फेस्टिभलमा पुगेकी छन्।

उनी कार्यक्रमस्थलमा पुग्दा आफ्नै तस्वीरको डमी देखेर दंग परेकी थिइन्। तर त्यहाँ उनीमात्र होइन उनको साथमा हलिउड स्टार जेम्सबोन्डको पनि डमी लगाइएको थियो। ती डमीसँग प्रियंकाले आफ्नो एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।

उनले फ्यानक्लब अकाउण्टमा एउटा भिडियो पनि पोस्ट गरेकी छन् जुन निकै भाइरल बन्दै गएको छ। उनी आफुसँग जेम्सबोन्डको डमी देखेर निकै उत्साहित भएको भिडियोमा देख्न सकिन्छ।

उनी यस फिल्म फेस्टिभलमा आफ्नो प्रोडक्सन हाउसको फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’को स्क्रीनिङको लागि आएकी हुन्। यो उनको पाँचौ फिल्म हो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.