हलिउड अभिनेता ब्राड पिटले १२ वर्षपछि पूर्व श्रीमतीसँग मागे माफी!

हलिउड अभिनेता ब्राड पिटले १२ वर्षपछि पूर्व श्रीमतीसँग मागे माफी!


हलिउड अभिनेता ब्राड पिटले पूर्व श्रीमती अभिनेत्री जेनिफर एनिस्टनसँग माफी मागेका छन्। उनले विवाह तोडिएको १२ वर्षपछि एस्टिनसँग अनुपस्थित श्रीमान र एन्जोलिनाको लागि उनलाई छाडेकोमा माफी मागेका हुन्।

ब्राडको श्रीमती एन्जोलिनासँग पनि डिर्भोस भएको छ। उनीहरूले २ वर्ष अगाडि विवाह गरेका थिए। उनीहरूको ६ वटा बच्चा छन्। उनीहरू सन् २००४ देखि सम्बन्धमा थिए।

अन्तर्राष्ट्रिय समाचार अनुसार उनी आफ्नो पूर्व श्रीमतीसँग आफूले गरेको सबै दुर्व्यवहारको लागि माफी माग्न चाहन्छन्। उनको माथि एस्टिनले पनि स्वीकार गरेकी छन्। जेनिफरले अहिले अभिनेता जेस्टिन थेराक्ससँग विवाह गरेकी छन्।

ब्राडले आफू कहिल्यै राम्रो श्रीमान बन्न नसकेको स्वीकार गर्दै जेनिफरसँग माफी मागेका हुन्। उनले आफू रक्सीमा डुबेको  र एन्जोलिनाको लागि उनलाई छोडेकोमा पछुतो लागेको बताएका छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.