टेलर स्विफ्टको गीतले तोड्यो रेकर्ड, रिलिज भएको २४ घण्टामा ४ करोड भ्यू


अमेरिकन गायिका टेलर स्विफ्टको हालै रिलिज भएको गीत ‘लुक ह्वाट यू मेड मि डु’ ले युट्युवको रेकर्ड तोडेको छ। गीत रिलिज भएको २४ घण्टाभित्रै करोडौंले हेरेका छन्।

उनको गीत रिलिज भएको २४ घण्टामा ४ करोड भन्दा बढी हेरिएको छ। यस गीतको हरेक घण्टामा ३० लाख भन्दा बढी भ्युअर्स थपिएको छ।

यो गीतको रेकर्ड यसअघि गीत ‘जेन्टलमेन’ले कायम गरेको थियो। उक्त गीतलाई २४ घण्टाभित्र ३.६ करोड पटक हेरिएको थियो।

हेर्नुस भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.