सेलेना गोमेजको इन्स्टाग्राम अकाउण्ट ह्ययाक, पोस्ट भयो जस्टिन बीबरको ‘न्युड’ तस्वीर


गायिका सेलेना गोमेजको इन्स्टाग्राम अकाउण्ट ह्याक भएको छ। मंगलबार बिहान उनको अकाउण्ट ह्याक भएको र त्यसमा उनको पुर्व प्रेमी जस्टिन बीबरको नग्न तस्वीर पोस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बीबरको उक्त तस्वीर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो। यस घटनापछि सेलेनाको अकाउण्ट केही बेरको लागि बन्द गरिएको थियो। तर पछि उक्त तस्वीर हटाएर उनको अकाउण्ट सुरु गरिएको छ।

उनको इन्स्टाग्राममा १२.५ करोड फलोअर छन्। गोमेज र बीबरले सने २०११ मा आफुहरुबीचको सम्बन्ध पुष्टी गरेका थिए। अहिले उनीहरुको ब्रेकअप भइसकेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.