हलिउड अभिनेता टम क्रुज शुटिङको क्रममा घाइते, शुटिङ नै रोकियो


हलिउड अभिनेता टम क्रुज फिल्म ‘मिशन इम्पोशिबल ६’ को शुटिङको क्रममा घाइते भएका छन्। उनी यस फिल्मको लागि निकै खतरानाक एक्सन सिनमा शुटिङ गरिरहँदा उनलाई चोट लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी घाइते भएपछि फिल्मको शुटिङ बिचमै रोकिएको बताइएको छ।

द हलिउड रिर्पोटरका अनुसार पारामाउन्ट पिक्चर्सले एक बयान जारी गर्दै टक क्रुज पुर्ण रुपमा स्वस्थ्य भएपछि मात्र फिल्मको शुटिङ गर्ने जनाएको छ। प्राप्त जानकारी अनुसार उनको दुई हड्डीमा फ्याक्चर भएको छ।

उनी शुटिङमा घरमा हाम फल्दै थिए तर सही ठाउँमा पुग्न नसक्दा उनी घाइते भएका थिए। उनी स्वस्थ्य हुन कम्तिमा पनि एक महिना लाग्न सक्ने बताइएको छ।।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.