‘जेम्स बोन्ड’ बन्न तयार भए ड्यानियल


ब्रिटिस जासुसी पात्र जेम्स बोन्डमा आधारित फिल्मको नयाँ श्रृंखलामा ड्यानियल क्रेग नै बोन्ड बन्ने भएका छन्।

नियलले एक अन्तर्वार्तामा आफू जेम्स बोन्डका रुपमा आउने पक्का गरेका बिबिसिले जनाएको छ।

यसअघि उनलाई निकै प्रस्ताव आएपनि बोन्ड भूमिका निभाउन अस्वीकार गर्दै आएका थिए। अर्को बोन्ड फिल्म गर्नुभन्दा आफ्नो हात काट्छु भन्ने ड्यानियलले आफैं यो कुरा बताएका बिबिसिमा उल्लेख छ।

उनले भनेका छन्, ‘हामी यसबारे अझै छलफल गरिरहेका छौं र निर्णय गर्दैछौं। मलाई सधैं बोन्ड भूमिका निभाउन मन छ, बीचमा विश्राम चाहिएको मात्र हो।’

बोन्ड फिल्मको २५ औं श्रृंखला सन् २०१९ को नोभेम्बरमा आउने भनिएको छ। यसका लागि ड्यानियललाई ठूलो रकम पारिश्रमिक दिइने भएको पनि बताइएको छ।

ड्यानियल बोन्डको भूमिका निभाउने सातौं अभिनेता हुन्। उनले सन् २००६ मा क्यासिनो रोयलमा बोन्ड भूमिकामा डेब्यू गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.