शुटिङको क्रममा स्टन्ट महिलाको मृत्यु


हलिउड फिल्म ‘डेडपुल २’ को सुटिङको समयमा एक स्टंट महिलाको निधन भएको छ। अफ्रिकी मुलुककी जोय एसजे नाम गरेकी महिलाको मोटरसाइकलको स्टंटको समयमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ।

दुर्घटनाको समयमा उनले हेलमेट लगाएकी थिइनन्। एक दिशामा जानुपर्ने मोटरसाइकल अर्को दिशामा गएर असन्तुलत भएपछि उनको दुर्घटना भएको र मृत्यु भएको उल्लेख छ।

यो घटनाको पुष्टि गर्दै प्रहरीले शुटिङको समय एक महिला ड्राइभरको मृत्यु भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.