अमेरिकी पप गायिका टेलर स्विफ्टले अदालतमा दिइन् आफुमाथि भएको यौन शोषणको बयान


अमेरिकी पप गायिका टेलर स्विफ्ट आफुमाथि भएको यौन शोषणको बारेमा अदालतमा विस्तृत रुपमा बताएकी छन्।
उनले ५५ वर्षीय रेडियो डिजे डेविड मुलरले कसरी आफुमाथि यौन शोषण गरेको बारेमा बताउँदै मुलरले धेरै समय आफ्नो अनुमति बिना हात गोप्य अंगतिर लगेको बताइन्।

२७ वर्षीय गायिका टेलरले लगाएको आरोपको भने मुलरले खण्डन गरेका छन्।
अमेरिकाको कोलाराडो प्रान्तमा डेनवेयरको एक अदालतमा गायिका टेलरले मुलरले आफुमाथि जानीबुझी नै यस्तो गरेको बताएकी छन्।

मुलरले आफ्नो हात नितंम्बसम्म पुर्याएको र आफुले हात हटाउन भन्दा पनि उनले नटेरेको टेलरले अदालतमा बताएकी छन्।

उनले यो घटना आफ्नो लागि निकै दर्दनाक भएको र यसअघि यस्ता कुनै घटना सामना गर्न नपरेको बताइन्। टेलरका अनुसार सन् २०१३ मा उनीमाथि रेडियो कार्यक्रमको अगाडी भएको भेटमा मुलरले यौन शोषण गरेका थिए। त्यस समय मुलर प्रशिद्द रेडियो स्टेशन क्योगोमा होस्टको रुपमा कार्यरत थिए।

यस घटनापछि टेलरले मुलरविरुद्द उजुरी गरेपछि उनलाई रेडियोको जागिरबाट निकालिदिएका थिए। त्यसपछि मुलरले अदालतम टेलर विरुद्द मुद्दा दायर गर्दै टेलरको कारण आफ्नो जागिर गएको आरोप लगाएका थिए।

टेलरमाथि मुद्दा दायर गरेका मुलरमाथि नै टेलरले फेरी मुद्दा दायर गर्दै आफुमाथि जानीबुझी नै यौन शोषण गरेको दावी गरेकी थिइन्।

अदालतमा मुलरका वकीलले टेलरलाई यस्तो हुँदा तिम्रो बडिगार्डले किन केही गरेनन् भन्ने प्रश्नको जवाफमा टेलरले यस्तो घटना हुन्छ भनेर कसैले सोच्न नसक्ने र त्यो निकै अचानक र नसोचेको भएको बताएकी थिइन्।

यता मुलरले आफु निर्दोष भएको बताउँदै आएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.