फिल्म ‘ह्यारी पोर्टर’ अभिनेता हार्डीको निधन

फिल्म ‘ह्यारी पोर्टर’ अभिनेता हार्डीको निधन


फिल्म ‘ह्यारी पोर्टर’का सर्वाधिक लोकप्रिय अभिनेता रोर्बट हार्डीको ९१ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार उनको निधन भएको हार्डीका परिवारले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। उनले फिल्म र नाटकमा करीब ७० वर्ष काम गरेका छन्।

हार्डीले फिल्म ‘ह्यारी पोर्टर’मा कारनेलियस फजको भूमिका निभाएका थिए जो जादुको महारथी थिए। हार्डीका बच्चाले आफ्नो बयानमा हार्डी निकै राम्रो कलाकार भएको बताएका छन्। हार्डीलाई अभिनयमा योगदान पुर्‍याएवापत सीबीई अवार्ड पनि मिलेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.