बियोन्सेको जीवनमा आधारित वृत्तचित्र बन्ने


हलिउड गायिका बियोन्से नोल्सको बारेमा उनका सबै फ्यानले जान्न चाहन्छन्। तर बियोन्सेले आफ्नो व्यक्तिगत जीवनको बारेमा कमै मात्र सार्वजनिक गर्ने गरेकी छन्।

यस्तोमा अब बियोन्सेको बारेमा एक वृत्तचित्र बन्ने भएको छ। उनको श्रीमान् जय जेडले दिएको धोकाको हल्ला देखि गर्भवती भएको सम्म र विश्व भ्रमणदेखि नयाँ एल्बमसँग उनको जीवनको हरेक पाटा वृत्तचित्रमा देख्न पाइनेछ।

उनको २ वर्षअघिदेखिको जीवनका घटनालाई वृत्तचित्रमा समावेश गरिने बताइएको छ।

हालै बियोन्सेले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनको एक पाँच वर्षकी छोरी पनि छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.