एन्जोलिना किन रुन्थिन् बाथरुममा ?


हलिउड अभिनेत्री एन्जेलिना जोलीले श्रीमान ब्राड पिटसँगको सम्बन्ध बिच्छेद सजिलो नभएको बताएकी छन्। उनले ब्राडसँग डिर्भोस भएपछि मुटु नै टुटेको र कसैले थाहा नपाउने गरि रुने गरेको बताइन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको खबर अनुसार एन्जोलिनाले नुहाउने समय सावरको तल छोराछोरीले नसुनोस भनेर रुने गर्थिन्।

ब्राड पिटसँग १३ वर्षको सम्बन्ध तोडिदा उनले निकै कठिन समयको सामना गर्नुपरेको बताइन्।

एन्जोलिनाले आफ्नो आमाको लागि आफु निकै चिन्तित हुने गरेको बताउँदै भनिन्,‘म मेरो आमाको लागि निकै चिन्तित छु तर मेरो बच्चा मेरो लागि चिन्तित नहुन जस्तो मलाई लाग्छ। यसकारण म सावरको मुनि रुन्थे तर कसैको अगाडी आँसु देखाउँदिन थिँए।’

सन् २०१६ मा ब्राड र जोलीले अचानक डिर्भोसको घोषणा गरेका थिए। एन्जोलिनाले ६ बच्चा आफुसँग हुनुपर्ने माग गरेकी थिइन्। तर अदालतले ब्राडलाई पनि बच्चासँग भेट्ने अनुमति दिन सक्ने बताएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.