किम कार्डाशियन जुम्ल्याहा बच्चाको आमा बन्दै


चर्चित हलिउड जोडी किम कार्डाशियन र उनका श्रीमान केन वेस्ट छिट्टै नै अभिभावन बन्ने भएका छन्।

उनीहरुले आमाबुवा बन्न ‘सरोगेसी मदर’को साहारा लिएका छन्। ती महिला किम र केनको बच्चाको ३ महिनाको गर्भवति छिन्। माघ महिनामा उनले बच्चा पाउने समय चिकित्सकले तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। किम र केन जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेको खबर छ।

किम कार्डाशियन ‘प्लेसेन्टा एक्रेटा’ नामको समस्याबाट ग्रसित छिन्। यसैकारण अर्को बच्चालाई जन्म दिँदा उनलाई खतरा हुने सम्भावना भएकाले उनीहरुले सेरोगेसीमार्फत् बच्चा जन्माउने निर्णय गरेका हुन्।

खबरका अनुसार ती सरोगेट आमा ३० वर्षकी छन् र उनी यो भन्दा अघि पनि सरोगेट मदर भइसकेकी छन्।

यसका लागि उनीहरुले एजेन्सीको सेवा लिएका छन्। उनीहरुले सेरोगेसीको सेवा लिएबापत एजेन्सी र कोख भाडामा दिने महिलालाई निश्चित रकम तिर्नेछन्।

उनीहरुले जुम्ल्याहा बच्चाको लागि निकै उत्साहित भएको बताएका छन्। कार्डाशियन र वेस्ट दम्पतीको यसअघि ४ वर्षीय छोरी नर्थ र १८ महिनाका छाेरा सेन्ट छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.