जस्टिन बीबरले गरे ‘पर्पस वर्ल्ड टुर’ कार्यक्रम रद्द


पप स्टार जस्टिन बीबरले आफ्नो पर्पस वर्ल्ड टुर रद्द गरेका छन्। जस्टिनका प्रचार संयोजकले उनको बाँकी वर्ल्ड टुर कार्यक्रम आकस्मिक परिस्थितिको कारण रद्द भएको जनाएका छन्।

अब जस्टिनले अघिल्लो महिना एशिया र नर्थ अमेरिकामा हुन लागेको १४ शो नहुने भएको छ। बीबरले आफ्नो एल्बम पर्पसको प्रमोशनको लागि १५० शो गरिसकेका थिए। उनको हरेक शोमा करीब ४० हजार टिकट विकेको थियो ।

यो कुरामा जस्टिनले अहिलेसम्म केही भनेका छैनन्। तर खबरका अनुसार बीबरको लागि यो सब धेरै भइसकेको थियो र उनले निकै सोचेर कार्यक्रम रद्द गर्ने निर्णय गरेका थिए।

यस अगाडी बीबरको चीनमा हुने शो लाई बेइजिङ कल्चर ब्युरोले रोक लगाएको थियो। ब्युरोले जस्टिन राम्रो गायक भएपनि उनी विवादित भएको बताएको थियो।

यही टुर अन्तर्तग जस्टिनले बाँकी बचेको शो सितम्बरमा गर्नुपर्ने थियो। उनले जापान, फिलिपिन्स, सिंगापुर, हंगकंग र इन्डोनेशियामा प्रस्तुती गर्ने कार्यक्रम थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.