ओस्कार अवार्ड विजेता मार्टिनको निधन


ओस्कार अवार्ड विजेता अभिनेता मार्टिन लैंडोको निधन भएको छ। मार्टिनको अमेरिकाको लस एन्जलसस्थित एक अस्पतालमा १७ जुलाईमा निधन भएको हो।

८९ वर्षीय मार्टिनले हलिउडमा २०० भन्दा बढि फिल्म र टीभी शोमा काम गरेका छन्। सन् १९९४ मा आएको फिल्म ‘एड वुड’बाट उनलाई ओस्कार अवार्डले सम्मानित गरिएको थियो।

उनको दुई बच्चा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.