थप दुई बोन्ड फिल्ममा ड्यानियल नै : १६ सय करोड पारिश्रमिक लिदैं


अन्तत: ब्रिटिस जासुसी पात्र जेम्स बोन्डमा आधारित  फिल्मको २७ औं श्रृंखलामा ड्यानियल ग्रेग नै बोन्ड बन्ने पक्का भएका छ। यसका साथै २८ औं बोन्ड फिल्ममा पनि उनी नै हुने तय भएको छ ।

‘द डेली मिरर’ का अनुसार यस अघि अर्को बोन्ड फिल्म गर्नुभन्दा आफ्नो नाडी चिर्छु भनेका ड्यानियल थप बोन्ड फिल्म गर्न तयार भएको जनाएको छ । त्यस्तै फिल्मको टाइटल ट्र्याकमा एडेल नै दोहोरिने पनि बताइएको छ ।

आफ्नो सिरिजमा ‘स्काइफल’बाट सर्वाधिक पैसा र समिक्षा बटुलेको फिल्मको पछिल्लो श्रृखला स्पेक्ट्रले भने मध्यम कमाइ गरेको थियो ।

फिल्मको प्रोडक्सन आगामी वर्षबाट सुरू हुने जनाइएको छ । यसका साथै थप दुई बोन्ड फिल्मका लागि ड्यानियलले करिब १६ सय करोड रुपैयाँ पारिश्रमिक लिएको बताइन्छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.