सुरू भयो प्रियंकाको तेस्रो हलिउड प्रोजेक्ट : हेर्नुस् तस्विर


‘क्वान्टि’को टिभी शो बाट हलिउडमा छिरेकी बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्मको मंगलबारबाट सुटिङ सुरू गरेकी छन् । उनको तेस्रो हलिउड फिल्मको नाम ‘इजन्ट इट रोमान्टिक’ हो । ‘बेवाच’मा खलनायक बनेकी प्रियंका यस फिल्ममा भने रोमान्टिक रोलमा हुनेछिन् ।

प्रियंकाले इन्स्टाग्राममा फिल्मको सेटको तस्विर पोस्ट गरेकी छन् ।  फिल्ममा उनले एडम डिभाइनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

@priyankachopra in shooting for the new movie #isntromantic #priyankachopra #priyankaqueen #hollywood #isntromantic

A post shared by Priyanka??GreeceFC (@priyankagreek) on

रोमान्टिक कमेडी  फिल्मका निर्देशक टोड स्टुरस-स्कुल्सन हुन् भने फिल्ममा रेबल विल्सन र लिम हेम्सवर्थ पनि मुख्य भूमिकामा रहेको छ।

फिल्ममा प्रियंका ‘इसाबेल’को भूमिकामा देखिनेछिन् । फिल्म सन् २०१९ को भ्यालेन्टाइन डे मा रिलिज हुने जनाइएको छ ।

@priyankachopra in shooting for the new movie #isntromantic #priyankachopra #priyankaqueen #hollywood #isntromantic

A post shared by Priyanka??GreeceFC (@priyankagreek) on

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.