‘सेप अफ यू’ गाएर चर्चामा आएका एड शीरन किन भए दिक्क?


चर्चित गीत ‘सेप अफ यू’ गायक एड शीरनले सामाजिक संजाल ट्वीटर छाड्ने भएका छन्। बेलायती गायक शीरनले दुःखी र दिक्दार भएर ट्वीटर छाड्ने निर्णय गरेको समाचारमाध्यमले जनाएका छन्।

शीरनले भनेका छन्, ‘एक कमेन्टले पनि तपाईंको दिन नराम्रो बनाइदिन्छ। म जब आफ्नो ट्वीटर एकाउन्ट खोल्छु तब नकारात्मक कमेन्टबाहेक केही हुँदैन। त्यसैले मैले ट्वीटर छाड्ने निर्णय गरेको हुँ।’

उनले आफूलाई यति धेरै घृणा किन र कसरी गर्छन् भन्ने अचम्म लागेको पनि बताएका छन्। ‘मैले यो बुझ्न सकेको छैन कि मलाई किन र कसरी मानिसले यति घृणा गर्छन्,’ उनले भनेका छन्।

शीरन इन्स्टाग्राममा भने अहिले पनि छन् र पोस्टहरु गरिरहन्छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.