नयाँ प्रेमीसँग डेटमा रिहाना, फर्कने आशमा पूर्व प्रेमी क्रिस


हलिउडकी प्रख्यात गायिका रिहानालाई फकाउन उनका पूर्व प्रेमी क्रिस ब्राउन लागि परेका छन्। क्रिस रिहानालाई फकाउन लगातार मोबाईलमा म्यासेज गरी रहेका छन्। किनकी उनी रिहानालाई फेरी आफ्नो जीवनमा ल्याउन चाहन्छन्। उनीहरुको प्रेम सम्बन्ध केही समय अगाडी टुंगिएको थियो।

वेवसाईट एसशोविज डट कमका अनुसार ब्राउन धेरै महिनादेखि रिहानालाई म्यासेज गर्दै आएका छन्। तर पनि रिहानाले उनलाई मतलब गरेकी छैनन्। रिहाना भने अहिले खर्बपति हसन जमिलसँगको प्रेम सम्बन्धमा छिन्।

तर रिहानको नयाँ सम्बन्धमा ब्राउनलाई कुनै आपत्ति छैन। ब्राउनलाई एक न एक दिन रिहाना आफुसँग फर्किएर आउने विश्वास छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.