एन्जोलिनासँग छुट्टिएपछि को सँग डेट गर्दैछन् ब्राड पिट?

एन्जोलिनासँग छुट्टिएपछि को सँग डेट गर्दैछन् ब्राड पिट?


हलिउड अभिनेता ब्राड पिट श्रीमती एन्जोलिना जोलीसँग छुट्टिएपछि अभिनेत्री सिएना मिलरसँग डेट गरिरहेका छन्। रिर्पोटका अनुसार ब्राड आफ्नो डेटको बारेमा गोप्य राख्न चाहन्छन्।

तर ब्राडले आफ्नो डेटको बारेमा गोप्य भने राख्न सकेनन्। ब्राड र उनकी नयाँ गर्लफ्रेन्ड सिएना पछिल्लो हप्ता छुट्टि मनाउन ग्लासटनब्रीको भिआईपी क्षेत्रमा गएको बेला उनीहरुबीच निकै सामिप्यता देखिएको थियो।

दुई महिना अगाडी पनि उनीहरु एकसाथ देखिएका थिए तर मिलरले यो सम्बन्धको बारेमा अस्वीकार गरेकी थिइन्। अन्तराष्ट्रिय मिडियाको रिर्पोट अनुसार यो जोडी गोप्य रुपमा नै आफ्नो सम्बन्धको सम्भावना खोज्दै छन्। उनीहरु हालै एक म्युजिक फेस्टिवलमा पनि साथ देखिएका थिए। जहाँ उनीहरु एकआपसमा निकै सहज र नजिक देखिएका थिए।

यो जोडीले फिल्म ‘द लास्ट सिटी अफ जेडु’ मा सँगै काम गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.