‘एभेन्जर्स: इनफिनिटी वार’ बन्यो आजसम्मकै सर्वाधिक कमाउने पाँचौ फिल्म


रिलिज भएको तेस्रो साता नपुग्दै नै हलिउड फ्रान्चाइज फिल्म ‘एभेन्जर्स: इनफिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान राख्न सफल भएको छ।

फिल्मले गतिलो व्यापार गर्ने पूर्वाअनुमान गरिएको भए पनि फिल्मले ऐतिहासिकरूपमा नै सर्वकालिन व्यापार गर्ने पाँचौ सिनेमा बनेर सबैलाई चकित पारेको छ।

फिल्मले हालसम्म १.६ बिलियन अमेरिकी डलर कमाइ गरिसकेको छ।

सर्वाधिक व्यापार गर्ने फिल्मको सूचिको माथिल्लो क्रममा क्रमश: ‘अवतार’, स्टार वार्स: द फोर्स अवेक्नस’ तथा ‘जुरासिक वर्ल्ड’ फिल्म रहेका छन्।

यसले सर्वाधिक छिटो एक बिलियन डलर कमाउने फिल्ममा ‘स्टार वार्स: द फोर्स अवेकन्स’लाई एक दिनले उछिन्न पनि सफल भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.