बन्द हुने भयो प्रियंकाको ‘क्वान्टिको’ टिभी सिरिज, यस्तो छ कारण


अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनिय चर्चित ‘क्वान्टिको’ सिरिज स्थगीत हुनेभएको छ। सो प्रसारण गर्दै आएको टेलिभिनले प्रियंकासहित थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो।

हाल सो सिरिजको तेस्रो सिजन प्रसारणरत: छ। टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टिभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द हुन लागेका हुन्।

शो बन्द हुनेभएपछि प्रियंकासँग साथै काम गरिरहेका शोका कलाकार काल पेनले ट्विट्रमा प्रियंकालाई सम्बोधन गर्दै फिल्म गरौं भनेर सोधेका छन्। जवाफमा प्रिञमकाले ‘गरौं गरौं’ भनेर जवाफ फर्काएकी छन्।

प्रियंकाको हातमा सो टेलिभिजन शोसँगै दुईवटा हलिउड फिल्ममा काम गरिरहेकी छन्। उनी ‘अ किड लाइक जेक’ तथा ‘इजन्ट् इट रोमान्टिक’मा हाल व्यस्त छिन्। यसअघि प्रियंकाले चर्चित अमेरिकी टिभी शो ‘बेवाच’मा आधारित सोही नामको फिल्मबाट हलिउडमा डेब्यू गरेपनि फिल्म वक्सअफिसमा असफल भएको थियो।

हलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग एक हिन्दी फिल्ममा काम गर्दैछीन्। उनी अलि अब्बास जफर निर्देशित ‘भारत’मा सलमान खानसँग देखिनेछिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.