२०२० को क्रिसमसमा आउने भो ‘सेरलक होम्स ३’


‘सेरलक होम्सस: अ गेम अफ स्याडो’ रिलिज भएको सात वर्षपछि फिल्म निर्माण कम्पनी वार्नर ब्रोसले फिल्मको तेस्रो श्रृखंला सन् २०२० को क्रिसमसमा रिलिज हुने घोषणा गरेको छ। गत सोमबार कम्पनीले रोबर्ट डाउनी जुनियरले  सर आर्थर कोनान डोयलको भुमिका निर्वाह गर्ने जनाएको छ। फिल्ममा जुड ल हुने पनि तय भएको छ।

सन् २००९ मा रिलिज भएको पहिलो श्रृंखला वक्सअफिसमा सफल भएको थियो र त्यसको लगत्तै सन् २०११ मा फिल्मको दोस्रो श्रृंखलाले पनि सोही सफलता दोहोर्‍याउन सफल भएको थियो। फिल्मका दुवै संस्करणले करिब १ विलियन अमेरिकी डलर कमाएका थिए। दुबै फिल्मका निर्देशक गाइ रिच्चे हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.