कान्सबाट आफ्ना बाबुको अन्तिम फिल्म फिर्ता नगर्न ओर्सन विल्सकी छोरीको आग्रह


सर्वोत्कृष्ट फिल्ममा पर्ने ‘सिटिजन’ केनका निर्देशक ओर्सन विल्सकी छोरीले अनलाइन फिल्म प्रदर्शक नेट फ्लिक्सलाई आफ्ना बाबुको अन्तिम फिल्मलाई कान्स फिल्म फेस्टिवलबाट फिर्ता नलिन आग्रह गरेकी छन्।

फिल्म फिर्ता लिने नेट फ्लिक्सको निर्णयले विल्सनको अन्तिम फिल्म ‘द वदर साइड ओह द वीन्ड’को कान्स प्रदर्शन संकटमा परेको हो। फिल्म फेस्टिवलको प्रतिक्षित फिल्म मध्येको एक मानिएको थियो।

नेटफ्लिक्सले कान्स प्रतिस्पर्धामा सहभागी हुन प्रत्यासी हुने फिल्मले फ्रान्सका सिनेमा घरमा रिलिज गर्ने पर्ने नियम राखेपछि सो फिल्मलाई कान्सबाट फिर्ता लिने निर्णय गरेको हो। सो नियमले आफ्नो व्यापारिक संरचनामा असर पर्ने भन्दै उसले फिर्ता गरेको हो।

‘म कान्स फिल्म फेस्टिवलसँग भएको यस्तो विवादको खबर पढेर निराश र दु:खी भएकी छु’, यस्तो निर्णय भएपछि विल्सनकी छोरीले भनिन्, ‘मैले मेरो बाबुका लागि पनि यसबारेमा बोल्नै पर्ने भयो।’

Image result for citizen kane

उनले आफ्ना बाबुलाई काम गर्दा यसअघि पनि थुप्रै ठूला फिल्म कम्पनीले बाबुको जीन्दगी बर्बाद पारेको स्मरण गर्दै नेट फ्लिक्सप्रति पनि अर्को त्यस्तै कम्पनी नबनोस् भन्दै असन्तुष्टि पोखेकी छन्।

विल्सले यस फिल्मलाई सन् १०७० र ७६ को बीचमा युरोपबाट फर्केर हलिउडमा आफ्नो कमब्याक फिल्मको रूपमा बनाएका थिए। निर्माणका समयमा उनले नराम्रो निर्माण र आर्थिक हैरानी बेहोर्नुपरेको थियो। फिल्म करिब ४० वर्षदेखि अलपत्र रहँदै आएको छ। फिल्मले एक निर्देशकको भोगाइका बारेमा रहेको छ।

सन् २०१४ मा फिल्मलाई पैसा संकलनबाट पुरा गर्ने अभियान सुरू गरिएको भए पनि भनेजति पैसा जुट्न नसकेपछि फेरि अड्किन पुगेको थियो जसलाई नेट फ्लिक्सले पुरा गर्‍यो। फिल्मका निर्माता फिलिप जान रेमजाले पनि फिल्म फिर्ता लिइएको बारेमा असन्तुष्टि व्यक्त गरेका छन्।

नेटफ्लिक्स र कान्स बीचको जारी तनावले अन्य निर्देशकका फिल्मलाई पनि असर गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.