टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का


चाल्स म्यानसनले गरेको हत्यामा आधारित फिल्ममा टाइटनिक फेम लियोनार्दो डि क्यापरियोले अभिनय गर्ने भएका छन्।

शुक्रबार सार्वजनिक भएको समाचारका अनुसार फिल्ममा लियोनार्दोले ढल्कदो उमेरका कामबिहिन एक अभिनेताको भूमिकामा अभिनय गर्नेछन्। फिल्मलाई ओस्कार विजेता निर्देशक क्वीन्टिन टेरेन्टिनोले निर्माण एवम निर्देशन गर्नेछन्।

फिल्मले २० औं शताब्दीमा कुख्यात हत्याराको कुख्याती कमाएका म्यानसनको जीवनीमा आधारित हुनेछ। उनले एक अभिनेत्रीसहित ९ मानिसको हत्या गर्ने आदेश दिएका थिए। जेलमा आजीवन कारावासको सजाय पाइरहेका म्यानसनको नोभेम्बरमा ८३ वर्षमा निधन भइसकेको छ।

फिल्म आगामी वर्ष अगस्ट ९ मा रिलिज हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.