फातिमाको कारण आमिरसँग रिसाइन् कट्रिना


यशराज फिल्मसले अभिनेता आमिर खान र महानायक अमिताभ बच्चनलाई लिएर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को घोषणा गरेदेखि यो फिल्म चर्चामा छ।

यी दुई कलाकारपछि फिल्ममा अभिनेत्री कट्रिना कैफ र फातिमा सना शेख पनि जोडिएका छन्।
फिल्ममा राम्रो कलाकारको प्रवेशले एकातिर फिल्म निर्माण पक्ष काम गर्न निकै उत्साहित छन् भने दर्शक पनि फिल्मको प्रतिक्षामा छन्।

‘धुम ३’ मा सँगै काम गरेका कट्रिना र आमिरको जोडी यो फिल्म मार्फत फेरी सँगै देखिने भएका छन् भने ‘दंगल’मा आमिरको छोरीको भूमिका निभाएकी फातिमा पनि फिल्ममा मूख्य भूमिकामा छिन्।

आमिरको एक निर्णयले भने कट्रिना खुसी नभएको भारतीय मिडियामा चर्चा चलेको छ।

भारतीय मिडिया टाइम्स नाउको रिर्पोटका अनुसार आमिरको प्रोजेक्टमा आमिर आफैँले धेरै निर्णय लिन्छन्। उनी आफ्नो हरेक काम सूक्ष्म ढङ्गले अध्ययन गरेर गर्ने गर्छन् र आफ्नो निर्णय आफैँ गर्छन्। यसपटक भने आमिरले ‘दंगल गर्ल’ फातिमालाई फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा बढी ‘स्पेश’ दिने निर्णय गरेका छन्। उनले फातिमालाई आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न व्यत्तिगत रुपमै सिकाइरहेका छन्। जसबाट आमिर फातिमाप्रति कति उदार रहेछ भनी स्पष्ट देख्न सकिन्छ।

यसबाट कट्रिना भने त्यति खुसी भएकी छैनन्। फिल्म निर्माता किरण रावले फातिमाले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ आमिरको कारण नभई उनको ट्यालेण्टको कारण पाएको र उनले उक्त भूमिका राम्रोसँग निभाउने बताएकी थिइन्।

फिल्मका निर्देशक र विजय कृष्ण आचार्य र निर्माता आदित्य चोपडाको पहिलो रोजाई पनि फातिमा नै थिइन्। २५ वर्षीया फातिमाले बाल कलाकारको रुपमा फिल्म ‘चाची ४२०’ मा काम गरेकी थिइन् भने ‘वान टु का फोर’ पनि खेलेकी थिइन्।

उनको फिल्म ‘दंगल’ सन् २०१६ मा सुपरहिट भएको थियो। जसमा उनले हरियाणाकी रेस्लर महावीर सिंह फोगाटकी छोरी गीता फोगाटको भूमिका निभाएकी थिइन्।

फातिमाको भूमिका र अभिनयलाई सबैले प्रशंसा गरेका थिए।

अब कट्रिनाले भने फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा आफ्नो स्पेश काटेर फातिमालाई बढी दिएको र आफूलाई भन्दा फातिमाको भूमिकालाई नै बढी महत्व दिएको महसुस गर्दै असन्तोष व्यक्त गरेकी छन्।

कट्रिना अहिले सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा है’ को शुटिङ र डविङमा व्यस्त छिन्। यो फिल्म सन् २०१२ मा आएको फिल्म ‘टाइगर’को सिक्वेल हो।

सलमान खानसँग ब्रेकअप भएपछि उनी पहिलोपटक फिल्ममा फेरी सँगै देखिन लागेकी हुन्। यसअघि उनको फिल्म ‘जग्गा जासुस’ फ्लप भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.