सलमान र लूलियाबीचको प्रेममा फेरि आइन् कट्रिना


बलिउड अभिनेता सलमान खान जहिलेपनि आफ्नो प्रेम प्रसंगलाई लिएर चर्चामा रहन्छन्। केही समय अगाडि मात्र सलमानसँग ब्रेकअप गरेकी कट्रिना सलमानको जीवनमा फेरी  भित्रिएकी छन्।

यसअघि सलमान लूलिया वंतूरसँग डेट गरिरहेको मिडियामा खबर आएको थियो। उनीहरु प्राय हरेक कार्यक्रम र शो मा सँगै जाने गरेका थिए। रोमानियाबाट उनी मुम्बई आउँदा सलमानको परिवार एरपोर्ट लिन जाने, घरको हरेक कार्यक्रममा सहभागी हुने देखिएपछि मिडियामा उनीहरुको प्रेम प्रसंग निकै चुलिएको थियो।

तर अहिले सलमान पूर्व प्रेमिका कट्रिना कैफसँग धेरै समय विताउन थालेका छन्। खबरका अनुसार सलमानले लूलियालाई सधैंको लागि छाडिदिएका छन्।

लूलियाको भारतको भिसा सकिएको र उनी रोमानिया फर्किसकेकी छन्। लूलियाले भिसा थप्न पनि सक्थिन् तर उनले भिसा नथपि घर गएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

यो सबको कारण कट्रिना र सलमानको बढ्दो नजिकपन र स‌ँगै धेरै समय विताउनुलाई बताइएको छ।

सलमानको एक नजिकको साथीलाई स्रोत मान्दै भारतीय सञ्चारमाध्यममा छापिएको खबर अनुसार लूलिया र कट्रिनाबीच केही विषयलाई लिएर मनमुटाव भएको थियो।

सलमानले पनि कट्रिनालाई बढी समय दिने र उनकै सर्पोटमा बोल्ने भएकाले लूलियाले सलमानसँग दुरी बढाउन सुरु गरेकी हुन्। रणवीर कपूरसँग ब्रेकअपपछि सलमानले कट्रिनासँग झन् नजिकता बढाएका छन्। उनीहरुले हालै फिल्म ‘टाइगर जिन्दा है’ को शुटिङमा निकै रमाइलो गरीरहेको तस्वीर पनि सार्वजनिक भएका थिए।

सलमानले भने यूलियालाई फिल्मको शेटमा आउन पनि दिएका थिएनन्। यूलियाले आवुधावी जाने इच्छा जताएकी थिइन् तर सलमानले यूलियाको यो कुरा पनि पुरा हुन दिएका थिएनन्।

यसकारण यूलियाले सलमानलाई छाडेर गएको हुन सक्ने बताइएको छ।

सलमानको जीवनमा धेरै युवतीहरु आइसकेका छन्। उनको पहिलो प्रेमिका संगीता विजलानी पनि केही समय उनको जीवनमा फर्किएकी थिइन्। तर संगीताबीचमा आएपछि लूलियाले नै सलमानलाई संगीताको नजिक जानबाट रोकेकी थिइन्। लूलियालाई सलमान फेरि पूर्व प्रेमिकातर्फ आर्कषित हुन्छन् कि भन्ने डर थियो। संगीता र लूलियाबीच पनि मनमुटावको खबर चर्चामा थियो।

तर सलमानले त्यसबेला लूलियालाई नै रोजे र संगीतासँग दुरी बढाए। अब फेरि सलमानले लूलियालाई साइडमा राखेर कट्रिनालाई नै रोजेको भारतीय मिडियाले जनाएका छन्।

यसअघि सलमानको विवाह लूलियासँग हुने खबर पनि बाहिरीएको थियो।

सलमानले नै कट्रिनालाई बलिउडमा स्थापित गराएका थिए। उनले आफ्नो फिल्म ‘मैने प्यार क्यूँ किया’ मा कट्रिनालाई मूख्य भूमिका दिएका थिए। त्यस फिल्मपछि उनीहरुले लगातार फिल्म खेल्दै गएका थिए र सलमान र कट्रिनाको जोडी बलिउडमा हिट भएको थियो।

तर कट्रिनाको प्रेम रणवीर कपूरसँग भएको हल्लापछि सलमान र कट्रिनाबीचको दुरी बढेको थियो। अब उनीहरुको प्रेमको हल्लाले सलमान र कट्रिनाको फ्यानहरु खुसी भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.