यी बलिउड जोडि जो ‘इन्गेज’ भए तर विवाह हुन सकेन!


बलिउडमा कलाकारहरुबीचको प्रेम, रोमान्स, विवाह र डिर्भोसको खबर सधैं आइरहन्छन्। बलिउडका स्टारहरु एक अर्कालाई प्रेम गरेर इन्गेजमेन्ट गरेका धेरै उदाहरण छन्। कतिको प्रेम सफल पनि भएका छन् भने इन्गेजमेन्ट गरेपनि विवाह हुन नसकेका उदाहरण पनि धेरै नै छन्।

बलिउडका त्यस्ता जोडिको चर्चा गर्दैछौं जसले प्रेम सम्बन्धमा परेपनि विवाह भने गर्न सकेनन्।

अभिषेक बच्चन-करिश्मा कपूरः

केही फिल्ममा सँगै काम गरेका बलिउड जोडि करिश्मा कपुर र अभिषेक बच्चनले ५ वर्षसम्म एक अर्कालाई डेट गरेका थिए। उनीहरुले सन् २००२ को ११ अक्टोवरमा बुवा अमिताभ बच्चनको जन्मदिन पारेर इन्गेजमेन्ट पनि गरे। तर इन्गेजमेन्ट भएको केही महिनापछि उनीहरुको सम्बन्धमा ब्रेक लाग्यो। यसको पछाडी करिश्माको आमा बविताको हात भएको बताइन्छ। पछि करिश्माले व्यापारी सञ्जय कपुरसँग विवाह गरिन्। तर सञ्जयसँग पनि अघिल्लो वर्ष करिश्माको डिर्भोस भइसकेको छ। अभिषेकले पनि अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे।

अक्षय कुमार-शिल्पा शेट्टीः

स्क्रीनमा धमाल गर्ने जोडि अक्षय कुमार र शिल्पा शेट्टीको प्रेम कहानी बलिउडमा निकै चर्चित छ। उनीहरुबीच लामो समय प्रेम सम्बन्ध रहेको थियो। शिल्पाले अक्षयसँग विवाह गर्न चाहन्थिन्। तर जब शिल्पाले अक्षय र ट्वींकलबीचको प्रेम सम्बन्धबारे थाहा पाईन तब उनले अक्षयसँगको सम्बन्धलाई तोडिन्। शिल्पाले अहिले व्यापारी कुन्द्रासँग विवाह गरेकी छन्।

अक्षय कुमार-रवीना टन्डनः

फिल्ममा सुपरहिट जोडि अक्षय र रवीना टन्डनको प्रेम चर्चाले पनि बलिउड तातेको थियो। रवीनाले एक कार्यक्रममा मंदिरमा आफुहरुले इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन्। यस खबरले बलिउड नै तरंगीत भएको थियो। उनीहरुको प्रेम सम्बन्धले विवाहको रुप लिँदै थियो तर जब रवीनाले अक्षय अरु युवतीसँग पनि डेटमा रहेको थाहा पाईन् तब उनले अक्षयलाई छाडिदिइन्। त्यसपछि रवीनाले अनिल थाडानीसँग विवाह गरिन्।

करिश्मा तन्ना-उपेन पटेलः

बिग बोस को घरमा प्रेममा परेका जोडी करिश्मा तन्ना र उपेन पटेलले सार्वजनिक रुपमा आफ्नो प्रेम स्वीकार गरेका थिए। डान्स रियालीटि सो नच बलिए ७ मा उनीहरुले राम्रो केमेस्ट्री प्रस्तुत गरेका थिए। उपेनले सार्वजनिक रुपमै करिश्मालाई इन्गेजमेन्टको अंगुठी लगाइदिएका थिए।
तर केही समयको प्रेम सम्बन्ध र इन्गेजमेन्टपछि करिश्मा र उपेनको प्रेम सम्बन्धमा ब्रेक लाग्यो। अहिले उनीहरु अलग भएका छन्।

विवेक ओवराय-गुरप्रीत गिलः

फिल्ममा आउनु अगाडी नै विवेक फिल्मी दुनीयाभन्दा टाढाकी गुरप्रीत गिलसँग सम्बन्धमा थिए। उनीहरुको प्रेम मिडियामा पनि सार्वजनिक भएको थियो। तर विवेक फिल्ममा आएपछि उनीहरुको सम्बन्ध तोडियो। विवेकले अहिले प्रियंकासँग विवाह गरेका छन्।

साजिद खान-गौहर खानः

सफलता पाउनको लागि उनीहरु केही समय इन्गेज भएका थिए। तर उनीहरुको सम्बन्ध धेरै समय टिक्न सकेन।

सलमान खान-संगीता विजलानीः

सलमान खान बलिउडका हट केक हुन्। उनको प्रेम सम्बन्ध र विवाहको चिन्ता हरेक शुभचिन्तकलाई छ। सलमानको बायोग्राफीका अनुसार सलमान र संगीताको विवाहको मिति पनि तय भएको थियो। तर उनीहरुको विवाह हुन सकेन। खबर अनुसार सलमानले संगीतालाई धोका दिइरहेका थिए। यसको जानकारी संगीताले पाएपछि रिसले चुर उनले विवाह नै तोडेकि थिइन्। संगीताको विवाह एक व्यापारीसँग भइसकेको छ भने सलमान अझै अविवाहित छन्।

नील नितिन मुकेश-प्रियंका भाटियाः

दुई वर्षसम्म एक अर्कालाई डेट गरेका यो जोडि विवाहको अन्तिम तयारीमा थिए। तर नीलले एक्कासी प्रियंकासँग सम्बन्ध तोडिदिए। निलले यसबारेमा आजसम्म केही खुलाएका छैनन्।

करण सिंह ग्रोवर-बरखा विष्ट सेनगुप्ताः

अभिनेत्री विपासा वासुसँग तेस्रो विवाह गरेका करण सिंह ग्रोवरको प्रेम सम्बन्ध बरखासँग थियो। उनीहरु सन् २००४ मा इन्गेज भएका थिए। तर सन् २००६ मा उनीहरुको सम्बन्धमा ब्रेक लाग्यो।

यो पनि पढ्नुस्।

आफ्नै बहिनीको प्रेमीसँग प्रेम गर्थिन् विद्या वालन!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.