जन्मदिनमा ‘कौन बनेगा करोडपति’को शेटमै राेए अमिताभ बच्चन(हेर्नुस् भिडियो)


बलिउडका महानायक अमिताभ बच्चन विगत १३ वर्षदेखि  भारतीय रियालीटी शो ‘कौन बनेगा करोडपति’ सञ्चालन गरिरहेका छन्। बच्चनको सबैभन्दा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ को ९ औं सिजन सुरू भइसकेको छ।

३ वर्षपछि सानोपर्दामा फर्किएका अमिताभ बच्चनले नै यस शो को होस्ट गरिरहेका छन्। अमिताभले भन्ने डायलग र प्रेरणात्मक कविताले शो जहिल्यै पनि रोमाञ्चक हुने गर्छ।

‘कौन बनेगा करोडपति’मा  बच्चनले आउने प्रतियोगीहरूलाई खेल मात्र खेलाउँदैनन्। उनी प्रश्नको उत्तर दिने क्रममा रहेका प्रतियोगीहरूको तनाव हटाउन हाँसो मजाक गर्दै हरप्रयास गर्छन्। यसबाट प्रतियोगीहरू पनि आफूलाई सुरक्षित महसुस गर्छन् भने दर्शकहरु पनि भरपुर मनोरन्जन लिन्छन्।

शो कौन बनेगा करोडपति र अमिताभ बच्चनको सम्बन्ध निकै फरक छ। धेरै वर्षपछि यस शो मार्फत टेलिभिजनमा फर्किएका अमिताभको चर्चा चुलिएको छ भने शो को टीआरपीले पनि सबैलाई पछाडि पारेको छ।

हालै अमिताभ बच्चन शो मा रुदैँ गरेको देखिएको छ।

खासमा ११ अक्टोवरबाट अमिताभ ७५ वर्षको भएका छन्। उनले यसपटक आफ्नो ७५ औं जन्मदिन र तिहार नमनाउने जानकारी ट्वीटरमार्फत दिएका थिए। यस वर्ष आफ्नो जन्मदिन नमाउने बिग बीको निर्णयले सबै फ्यान निराश भएका थिए।

शो का निर्माताले भने बच्चनको जन्मदिनको अवसरमा एउटा सरप्राइज उपहार दिएका थिए।

उनीहरुले बिग बीको लागि एउटा भिडियो तयार पारेर प्रस्तुत गरेका थिए। जसमा उनको जन्मदिनको शुभकामना दिन सबै  विद्यार्थी र प्रोफेसर जम्मा भएका थिए। भिडियो देखेर बिग बी निकै भावुक बने। बच्चनको आँखामा आँसु नै बग्यो र आफूलाई सम्हाल्नै सकेनन्। त्यसपछि केबीसी सेटमा उपस्थित सबैले बच्चनलाई जन्मदिनको शुभकामना दिएका थिए।

भिडियो नैनीतालको शेरवुड कलेजको हो। यसै कलेजबाट अमिताभले ग्रेजुएशन गरेका हुन्। उनको कलेजमा अमिताभको धेरै पोष्टर छापिएका छन्। भिडियोमा बिग बिलाई निकै सम्मान गर्दै अहिलेका व्याजका बिद्यार्थी र प्रोफेसरहरुले जन्मदिनको शुभकामना दिएका थिए।

केबीसीसँग अमिताभको १३ वर्षको सम्बन्ध रहेको छ। यति लामो यात्रामा अमिताभले धेरै सम्झनाहरु सँगालेका छन्। अमिताभको यो विशेष भाग अक्टोबर ११ मा प्रसारित भएको छ।

स्रोतका अनुसार अमिताभलाई उनको नातिनी अराध्याले आफैँले बनाएको कार्ड उपहारमा दिएकी थिइन्।
कौन बनेगा करोडपतिसँगै बच्चन फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङमा व्यस्त छन्। आमिर खान र कट्रिना कैफ समावेश फिल्ममा अमिताभको मुख्य भूमिका रहेको छ।

यसबाहेक उनी अभिनेता ऋषि कपुरसँग फिल्म ‘१०२ नट आउट’ मा देखिँदैछन्। जहाँ उनी ऋषिको बुवाको भूमिकामा छन्।

हेर्नुस भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.