उदित नारायणको कुरा सुनेर आदित्यले मागे सार्वजनिक रुपमा माफी!


बलिउडका सुपरहिट गायक उदित नारायणका छोरा आदित्य नारायणले बुवाको कुरा सुनेर सार्वजनिक रुपमा माफी मागेका छन्।

पछिल्लो हप्ता आदित्य नारायणको दुई भिडियो भाइरल भएको थियो। एउटा भिडियो उनको गीतसँग सम्बन्धित थियो। उनको गीतमा आपत्तिजनक शव्दको प्रयोग भएको थियो। अर्को भिडियोमा भने उनी एक एयरलाइन्सको कर्मचारीसँग आपत्तिजनक शब्दको प्रयोग गर्दै गाली गर्दै देखिएका थिए।

आदित्यले अहिले ती कर्मचारीलाई आपत्तिजनक शव्द प्रयोग गरेकोमा सार्वजनिक रुपमा माफी मागेका हुन्।

आदित्य नारायणका यी भिडियोहरु भाइरल हुने समय उदित नारायण मुम्बईमा थिएनन्। जसको कारण उनलाई छोराको भाइरल वाला भिडियोको बारेमा केही जानकारी थिएन।

उदितले आदित्यलाई यस विषयमा माफी माग्न लगाउने बताएका थिए। ती कर्मचारीसँग गरिएको दुर्व्यवहार बाहिर आएपछि उदित नारायणले एक अन्तर्वार्तामा भनेका थिए,‘आदित्यले यस बारेमा सार्वजनिक रुपमा माफी माग्नेछन्।’आफ्नो बुवा उदितको कुरा मान्दै आदित्यले ती कर्मचारीसँग माफी मागेका हुन्।

मुम्बई मिररको रिर्पोटका अनुसार आदित्यले जीटीभीको रियालीटी शो सारेगामपको सेटमा सार्वजनिक रुपमा माफी मागेका छन्।

उनले भनेका छन्,‘म माफी चाहन्छु। मलाई पश्चताप लागेको छ। तपाईहरुलाई थाहा छ की म यस्तै छु। म सबैलाई धन्यबाद दिन चाहन्छु की यतिका वर्षसम्म मलाई माया, स्नेह र साथ दिनुभयो।’

आदित्य नारायण कार्यक्रम सारेगमप को शो सञ्चालन गर्नेमा चिनिन्छन्।

२ अक्टोबरमा आदित्यको एक गीतको भिडियो पनि भाइरल भएको थियो जसमा शब्दहरु निकै आपत्तिजनक भएको भन्दै आलोचना भएको थियो।

आदित्य नारायण झाले बाल कलाकारको रुपमा र बाल गायकको रुपमा बलिउडमा काम गरेका छन्। सन् २०१० मा उनले फिल्म ‘सापित’बाट डेब्यू गरेका थिए। फिल्मको गीतमा उनकै स्वर रहेको थियो। तर फिल्मले राम्रो सफलता पाउन नसकेपछि उनी अन्य प्रोजेक्टमा लागेका छन्।

गायक उदित नारायण झाले भारतमा संगीत क्षेत्रमा आफ्नो करिअर बनाए भने छोरा आदित्य नारायणले बलिउडमै आफ्नो करिअर बनाउन लागि परेका छन्।

यो पनि पढ्नुस्।

रेखा थापाको कार दुर्घटना

कपिल शर्मालाई इन्टरनेटमा खोज्नुहुन्छ? साइबर अपराधीको जालमा पर्नुहोला!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.