सलमानको गाली पछि ‘बिग बोस’ सहभागी जुबेरले खाए ‘स्लिपिङ ट्याबलेट’, अस्पतालमा भर्ती


भारतीय टीभी रियालीटी शो ‘बिग बोस ११’ मा शनिवारको भागमा धेरै सहभागी शो का सञ्चालक सलमान  खानको रिसको सिकार हुने पुगेका छन्। हप्ताको वार एपिसोडमा सलमानले घरमा सहभागीहरुको व्यवहारको कारण सलमानले सहभागीहरुलाई निकै कुरा सुनाएका थिए।

सलमानले सबैभन्दा बढी गाली सहभागी जुबैर खानलाई गरेका थिए।

भारतीय मिडियामा प्राप्त खबर अनुसार सलमानको गालीबाट निकै निरास जुवेरले निद्रा लाग्ने औषधी धेरै मात्रामा खाए। जसको कारण उनलाई अस्पताल भर्ति गर्नुपरेको थियो।

‘बिग बोसको ११’ औं सिजनमा अर्शी खान र जुबैर खानको दुर्व्यवहारको निकै चर्चा भएको छ। शनिबारको एपिसोडमा सलमान खानको अगाडी नै प्रतियोगीहरु लडिरहेका थिए। सलमान खानले जुबेर खानलाई बच्चाको नाम लिएर शो मा आएको अहिले गाली दिइरहेको भन्दै गाली गरेका थिए।

उनले भनेका थिए,‘ जुबेर तिमीलाई आफ्नो औकात देखाउन छ हैन। ल मलाई देखाउ तिम्रो औकात।’ यो सुन्ने वित्तिकै जुबेरले सलमान खानसँग माफि मागेका थिए। तर सलमानले उनको कुरा सुनेर झन रिसाउँदै आफुलाई भाई नभन्न भने।

उनले भने,‘तिमी मलाई भाई नभन, शो मा नाम खराब गर्न आएका छौ, आफ्नो आमाका, छोराको नाम खराब गर्छौ। अझ छोराको लागि शो मा आएको भन्छौ।’

दाउदको ज्वाई भन्ने जुबेरको दावीलाई पनि सलमानले झुठो बताए।

खासमा बिग बोसको घरमा प्रवेश गर्ने वित्तिकै जुबेरले झुठो बोल्न सुरु गरे सँगै चर्चामा आएका छन्। जुबेरले घरमा प्रवेश गर्दा आफु अन्डरवर्लड दाउदको ज्वाई भएको दावी गरेका थिए। उनले घरमा प्रवेश गरेपछि फिल्म हसिना पार्करको निर्माता आफु भएको पनि दावी गरेका थिए।

फिल्मको सक्कली निर्माता र दाउदको साँचैको ज्वाईले यसको खबर पाएपछि रिसले चुर भएका थिए। दाउदका ज्वाई समीर अन्तुले जुबेरको पोल खोल्दै उनी धोकेबाज भएको र दाउदसँग कुनै सम्बन्ध नभएको एक पत्रिकाको अन्तर्वार्तामा बताएका थिए। उनले चर्चामा आउन यस्तो खेल खेलेको आरोप पनि लगाए।

अब समीर र उनको परिवार जुबेरको विरुद्दमा मुद्दा हाल्ने तयारीमा भएको उनले बताए।

यो पनि पढ्नुस्।

रेखासँग एक रातको ‘डिनर डेट’ले जयाले बचाएकी थिइन् आफ्नो विवाह!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.