सैफ र करीनाबाट टाढा जानेछन् तैमुर!


बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरको छोरा तैमुर खानको चर्चा बलिउडमा सधैं हुने गरेको छ। तैमुर सधैं मिडियामा छाइरहेका हुन्छन्। सामाजिक सञ्जालमा तैमुरको एक तस्वीर पनि भाइरल बन्ने गरेको छ।

सैफले हालै दिएको एक अन्तर्वार्तामा तैमुरलाई समय आएपछि मिडियाबाट छुट्कारा पाउन टाढा पढ्न पठाउने निर्णय गरेको स्वीकार गरेका छन्।

अब सैफ र करीनाले तैमुरलाई समय आएपछि बोर्डिङ स्कुलमा पढ्न पठाउने निर्णय गरेका छन्। तैमुरको लागि सामाजिक सञ्जालमा बढ्दै गरेको फ्यान पेजबाट सैफ आफै पनि दंग छन्।

सैफले तैमुरलाई इंग्ल्याण्डको बोर्डिङ स्कुल पठाउने तयारी गरेको बताए। उनको परिवारको धेरै सदस्य त्यही जाने आउने गरेका छन्। उनले आफु र करीनाले तैमुरको जीवन वर्वाद गर्न नचाहेको भन्दै उनको शिक्षामा कसैको बाधा नआएको देख्न चाहेको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.