विराटलाई मन पर्दैन अनुष्काको यस्तो बानी!


बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म खुलेर केही बताएका छैनन्। उनीहरुले आफुहरुको प्रेम पनि सार्वजनिक रुपमा स्वीकार गरेका छैनन्।

तर उनीहरु फुर्सदको समयमा एकसाथ भेटिन्छन्। उनीहरु कार्यक्रम, रेड कार्पेट, रेष्टुरेन्ट, विदेश जहाँ पनि एक साथ नै हुन्छन्। मिडियाको अगाडी पनि अनुष्का र विराट पोज पोजमा तस्वीर खिचाउँछन्।

हालै विराट कोहलीले अनुष्काको बारेमा खुलेर कुरा गरेका छन्। तिहारमा प्रशारण हुने भनिएको आमिर र विराटको एक विशेष च्याट शो मा बिराटले अनुष्काको बारेमा कुरा गरेका हुन्। मिडियासामू आफ्ना कुरा भन्ने मामिलामा विराट अलि लजालु नै छन्। तर, आमिरसँग भने उनले आफ्नाबारे उत्त शोमा बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

शुटिङको समयमा उपस्थित एक स्रोतका अनुसार बिराटले अनुष्काको बारेमा कुरा गर्दै उनको इमान्दारी ख्याल राख्ने बानी आफुलाई निकै मन पर्ने बताएका छन्। यसैगरि उनले अनुष्काको मन नपर्ने बानीको बारेमा पनि कुरा गरेका छन्।

उनले अनुष्का जहाँ पनि ५ देखि ७ मिनेट ढिला आउने गरेको र यो बानी मन नपर्ने पनि बताए।

अनुष्काको तारिफ गर्दै विराटले उनी सधैं आफ्नो साथमा भएको बताए। उनले अनुष्कासँग आफ्नो तालमेल निकै मिल्ने बताए। विराटका अनुसार अनुष्काले उनलाई असल मानव बनाएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.