महत्वकांक्षी फिल्म ‘संघमित्रा’मा श्रुति हसनको ठाउँमा दिशा पटानी!


बलिउड अभिनेत्री दिशा पटानीले तामिलको ऐतिहासिक ड्रामा फिल्म ‘संघमित्रा’मा मुख्य भूमिकामा देखिने भएकी छन्।
फिल्मसँग सम्बन्धित एक व्यक्तिले दिशालाई श्रुति हसनको स्थानमा साईन गरेको जनाएका छन्। यसअघि श्रुति यस प्रोजेक्टमा सम्बन्धित भएकी थिइन्।

भारतीय सञ्चारमाध्यले स्रोतको दावी गर्दै दिशा पटानीलाई यस फिल्ममा निर्माताले साइन गरेको जनाएको छ। निर्माताले यसबारे चाँडैनै घोषणा गर्ने जनाइएको छ। फिल्मको निर्देशन सुन्दर सी ले गर्नेछन् र यसको निर्माण श्री थानान्डल फिल्म्स कम्पनीले गर्दैछ।

यो फिल्म तेलगु र हिन्दीमा रिलिज हुनेछ। स्रोतका अनुसार यो फिल्म तामिल सँगै तेलगुमा पनि बनाइनेछ तर यसका कलाकार भने पुरै फरक हुनेछन्।

फिल्ममा संगीतकार ए आर रहमान हुनेछन्। उनले यो फिल्म निकै महत्वकाक्षी भएको बताउँदै कथाले नै फिल्ममा काम गर्ने सोच बनाएको बताएका छन्।

दिशाको लागि यो फिल्मको भूमिका जीवनभरको लागि अविष्मरणीय हुने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.