३७ अौं जन्मदिन मनाएकी करीनाको जीवनको अहम् हिस्सा को हुन्?


बलिउडको लोकप्रिय अभिनेत्री करीना कपुरले बिहिबार ३७ औं जन्मदिन मनाएकी छन्। फिल्म ‘रेफ्युजी’बाट आफ्नो फिल्मी करिअरको सुरुवात गरेकी करीनाले अहिले बलिउडमा राम्रो स्थान बनाएकी छन्। उनी सुरुवाती दिनदेखि नै फिल्म, प्रेम, विवाह र ब्रेकअपलाई लिएर सधैं चर्चामा रहन्छिन्।

विवाह गरेर आमा बनेपछि करीना एकपटक फेरी फिल्मी संसारमा फर्किएकी छन्। उनले आफ्नो फिल्म ‘वीर दे वेडिङ’को शुटिङ पनि सुरु गरेकी छन्। हिजोआज उनी फिल्मको लागि दिल्लीमा छिन्। उनको आगमी फिल्ममा करीनासँगै सोनम कपुरसँगै स्वरा भास्कर पनि छिन्।

करीनाको जीवनको अहम हिस्सा बनेका छन् उनको छोरा तैमुर खान।

करीनाले दिल्लीमा आयोजित एक कार्यक्रममा सोधिएको एक प्रश्नमा आमा बनेपछि छोराकै कुराले आफ्नो कामको समय पनि फेरिने बताएकी थिइन्। करीनाले तमुरलाई आफ्नो आत्मा बताउँदै तमुरकै लागि अबको जीवनका हरेक कदम अगाडी बढ्ने बताइन्। उनले यो कुरा अब सबैले बुझ्नुपर्ने पनि बताइन्।

आमा बन्नु ठीक एकदिन अगाडि एक कार्यक्रममा सहभागी भएकी करीनाले आफ्नो छोरा तमुर आफ्नो जीवनको अहम हिस्सा भएको बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.