अभिनेत्री सुष्मा कार्कीले लण्डनमा सलमान खानलाई भेटेपछि…


अभिनेत्री सुष्मा कार्कीले बलिउड अभिनेता सलमान खानलाई लण्डनको एक स्टोरमा भेटेकी छन्। सलमानलाई लण्डनको एक स्टोरको अगाडी अचानक भेटेपछि निकै उत्साहित हुँदै सामाजिक सञ्जालमा उनले आफु र सलमान खानको तस्वीर पोष्ट गरेकी छन्।

आफ्नो आधिकारीक फेसबुकमार्फत सुष्माले सलमानसँगको तस्वीरमा क्याप्सन चाहीँ ‘माई लभ’ लेखेकी छन्। दुई वटा तस्वीर उनले पोष्ट गरेकी छन् जसमा एक तस्वीरमा उनी सलमानको काँधमा आफ्नो शिर राखेकी छन् भने अर्कोमा सलमानको पाखुरा समातेकी छन्। तस्वीरमा उनी निकै उत्साहित देखिएकी छन्।

सुष्मा दशैंको अवसरमा लण्डनमा हुने सांगीतीक कार्यक्रममा भाग लिन लण्डन पुगेकी थिइन्। सलमान खान पनि १२ वर्षपछि लण्डनमा सांगीतिक कार्यक्रमको लागि बलिउडका कलाकारको टोली सहित पुगेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.