मेरा बच्चाहरु ढिलो ठूला होउन्ः शाहरुख खान


बलिउड अभिनेता शाहरुख खान आफ्नो बच्चाहरुलाई निकै माया गर्छन्। उनी प्राय फुर्सदको समयमा आफ्नै बच्चाहरुसँग खेलिरहेको देखिन्छन्। हालै शाहरुखले आफ्नो बच्चाहरुको बारेमा एक बयान साझा गरेका छन्।

शाहरुख चाहन्छन् उनको बच्चाको बालापन धेरै समयसम्म कामय रहोस्। उनी आफ्नो बच्चाहरु ढिलो ठुलो भएको देख्न चाहन्छन् जसले उनको बच्चमा बालापनको निश्चलता कायम हुन्छ।

शाहरुखले आफ्नो पिताको पुण्यतिथीको अवसरमा ट्वीटरमा लेखेका छन्, ‘आफ्नो वुवाको जस्तौ म आफ्नो बच्चालाई सकेसम्म उनीहरुलाई छिटो बालिग हुने सयमलाई रोक्न सकुँ, जसले उनीहरुको निश्चलता कायम हुनेछ। यही मेरो जिम्मेवारी पनि हो।’

शाहरुखका पिता मीर ताज मोहम्मद खान एक स्वतन्त्र सेनानी थिए। शाहरुखको तीन वटा बच्चा छन्। उनी छोरा आर्यन, छोरी सुहान र छोरा अबरामका बुवा हुन्। उनको छोरा आर्यन १९ वर्षका छन् भने छोरी सुहाना १७ वर्षकी छन्। उनको ५ वर्षको छोरा अबराम सरोगेसीबाट जन्मिएका हुन्।

शाहरुखको ट्वीटमा फिल्मकार शेखर कपुरले प्रतिक्रिया दिँदै शाहरुखको बच्चाप्रति माया बर्साएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.